काठमाडाैँ । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले अध्यक्षता गर्नुभएको थियो ।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गरे । मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको कुरा व्यक्त गरे । उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा द्धन् सेवा पु-याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरु पहिहान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्दै मन्त्री गुरुङले नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गरे । उनले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि सेवाको विस्तार सँगै गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिए ।
प्रतिक्रिया