logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    गौमुखि गाउँपालिका क्षेत्रमा अल्लो संकलन गर्न रोक

    गौमुखि गाउँपालिका क्षेत्रमा अल्लो संकलन गर्न रोक

    रविन विश्वकर्मा,प्युठान ।
    प्युठानको गौमुखी गाउँपालिकाले अल्लो संकलन गर्न रोक लगाएको छ । गाउँपालिकाले आर्थिक बर्ष ०८१्र८२ मा अल्लो प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भन्दै सोमबार एक सुचना जारी गरी जथाभावी अल्लो संकलन गर्न रोक लगाएको हो । पालिकाको बिभिन्न स्थानमा पाइने चाल्ने सिस्नो (अल्लो पुवा) को सदुपयोग गरी स्थानियको आयआर्जन वृद्धिगर्ने उद्देश्यका साथ यो आर्थिक बर्षमा अल्लो प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनुभयो । पालिकामा पाइने अल्लो जुनसुकै बेलापनि पनि संकल गर्ने गरिएकाले अल्लोको संरक्षण तथा प्रवद्र्धन गर्न संकलनमा रोक लगाएको उहाँले बताउनभयो ।

    “यो आ।व मा गौमुखी गाउँपालिका क्षेत्रमा पाइने अल्लो (पुवा) को बिज उचित मूल्यमा संकलन गरि यसलाइ थप विस्तार गर्ने र स्थानिय स्तरमा संञ्चालन भएका अल्लो उद्योगहरुलाई थप मजबुद बनाउदै पालिकाको पहिचानको रुपमा रहेको अल्लोको सामाग्री उत्पादनमा वृद्धि गर्ने योजना छ ” अध्यक्ष गिरीले भन्नुभयो ।

    निश्चित समयमा मात्रै अल्लोबाट धागो र बिउ संकलन गर्ने योजना रहेकाले गाउँपालिकाले अर्को सूचना जारी नगर्दा सम्म सार्वजनिक, सामुदायिक, कबुलियती र निजी वन क्षेत्रवाट अल्लो (पुवा) संकलन गर्ने कार्य नगर्न गाउँपालिकाकाद्धारा जारी सुचनामा उल्लेख छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP