logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस

    रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस

    चितवन । साहारा चितवन सहकारी ठगी आरोपमा रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस हुँदै छ । बुधबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।

    थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराउने छ ।

    चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार बिहान १० बजेबाट बहस सुरु हुनेछ । सरकारी वकिल तथा जाहेरवालाको र विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।

    बहस नसकिएकाले लामिछानेलाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो । बुधबार सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरु अमृत सुवेदी, बुद्ध बहादुर थापा र जाहेरवाला बचतकर्ताहरुको तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस भएको थियो ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP