logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    झोलुङ्गे पुलबाट भेरी नदीमा खस्दा दुई युवक बेपत्ता

    झोलुङ्गे पुलबाट भेरी नदीमा खस्दा दुई युवक बेपत्ता

    सुर्खेत । सुर्खेतको भेरी नदीको निर्माणाधीन झोलुङ्गे पुलबाट खसेर दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ का २४ वर्षीय अनिल घर्ती र १८ वर्षीय अर्जुन झाँक्री मगर रहेका छन् । उनीहरू पुलको कामदार हुन् ।

    बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको लट्ठा बाँध्ने क्रममा उनीहरू खसेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक अजय डाँगीका अनुसार सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम चलिरहेको छ ।

    बुधबार दिउँसो १ बजेतिर पुलका लट्ठा तान्ने क्रममा उनीहरू नदीमा खसेको डाँगीले बताए । ‘नदीमा खसेपछि उनीहरू बेपत्ता भएको खबर आएपछि बाबियाचौरबाट प्रहरी त्यहाँ पुगेको छ,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘अहिले खोजीकार्य भइरहेको छ ।’



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP