logo

  • २५ माघ २०८२, शनिबार | Sat, 07 Feb 2026
  • Dark Mode

          Subscribe

    तोकियो मदन राईलाई साढे २ वर्ष जेल सजाय

    तोकियो मदन राईलाई साढे २ वर्ष जेल सजाय

    काठमाडौँ । कृषि विज्ञ मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । शुक्रबार जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले  राईलाई उक्त सजाय तोकेको हो ।

    जिल्ला अदालत खोटाङले उनलाई माघ १० गते बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।  राईलाई उनी आफैँले खोलेको ‘सुभद्रा मदन फाउन्डेसन’ मा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग थियो ।

    ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अङ्गमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अङ्गमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूको आरोप थियो । उनीविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP