logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    ‍कैलालीको गोदावरीमा आमा-छोरी मृत फेला

    ‍कैलालीको गोदावरीमा आमा-छोरी मृत फेला

    धनगढी । कैलालीमा आमा-छोरी मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका- ११ गोठानमा बिहीबार साँझ आमा-छोरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक कबिन्द्र सिंह बाेहराका अनुसार मृत भेटिनेमा २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेकी छन । उनीहरु दुवै जना बिहीबार राति घरमै झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

    मृतक मिराका सहोदर देबर नरेश बिकले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

    मृतक दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP