काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।
तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोसम्म हुस्सु र कुहिरो हट्ने विभागले जनाएको छ ।
विभागका अनुसार दिउँसो मधेस प्रदेशमा पूर्णतया सफा रहनेछ । बाँकी ६ वटा प्रदेशमा आंशिक बदली रहनेछ । यद्यपि, मुख्यतया मौसम सफा रहनेछ ।
विभागले आज वर्षा र हिमपातको सम्भावना नरहेको बताएको छ ।
यसैबीच, काठमाडौंमा पनि आज मौसम सफा रहनेछ । काठमाडौंमा बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ ।
दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको छ ।
प्रतिक्रिया