logo

  • ३० कार्तिक २०८२, शनिबार | Sat, 15 Nov 2025
  • Dark Mode

          Subscribe

    नेपाल लाइफको साधारण सभा सम्पन्न, २१.५प्रतिशत बोनस पारित

    नेपाल लाइफको साधारण सभा सम्पन्न, २१.५प्रतिशत बोनस पारित

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा सोमबार होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो ।

    साधारण सभाले आ.व. २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी ८,२०,७९,६६,५५४ रुपैयाँको जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम  १,७२,७९,९२,९५९ एक अर्ब बहत्तर करोड उनासी लाख बयानब्बे हजार नौ सय उनन्साठी रुपैयाँ लाभांश पारित गरेको छ ।

    कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

    कम्पनीका अध्यक्ष अध्यक्ष  गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा पर्याउने प्रतिवद्धता जनाएका छन् ।  संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन ल्याउन कम्पनी लागि परेको बताए ।   सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आ.व.२०८०÷८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए ।

    २०८१ असोज मसान्त सम्ममा यस कम्पनीको लगानी २१५ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष २०८ अर्ब रुपैयाँ र शेयरधनी कोष १२ अर्ब रुपैयाँ बढी रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९५ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म २८८ अर्ब रुपैया बीमाशुल्क आर्जन गरेको छ भने  ८४ अर्ब रुपैयाँ जम्मा दावी भुक्तानी गरेको कम्पनीको भनाइ छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP