logo

  • ८ माघ २०८२, बुधबार | Wed, 21 Jan 2026
  • Dark Mode

          Subscribe

    नेप्से परिसूचक र कारोबार रकममा कस्ताे देखियाे याे साता ?

    नेप्से परिसूचक र कारोबार रकममा कस्ताे देखियाे याे साता ?

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) याे साता तीब्र उतार चढाव देखियाे । काराेबार रकम र परिसूचक दुवै उतारचढाव देखियाे ।

    यो साता सेयर बजार परिसूचक (नेप्से) ४२ अंकले बढेको छ । अघिल्लो बिहीबार बजार बन्द हुँदा परिसूचक २६५७ बिन्दुमा थियो । हिजो बिहीबार परिसूचक २६९९ बिन्दुमा पुगेको छ ।

    यो साता ५ दिन कारोबार हुँदा २ दिन बजार बढ्यो भने ३ दिन घट्यो । आइतबार बजार ६९ अंकले उक्लियो । सोमबार २.४१ अंकले मात्रै बढ्यो । सोमबार परिसूचक २७३० बिन्दुमा पुगेको थियो ।

    त्यसपछिका ३ दिन बजार सामान्य अंकले ओरालो लाग्यो । मंगलबार १४ अंकले घट्दा परिसूचक २७१५ बिन्दुमा पुगेर रोकिएको थियो । त्यसपछि बुधबार ४ अंकको गिरावट आयो भने बिहीबार ११ अंकले बजार घट्यो । यो सातामा परिसूचक २७६४ को उच्च बिन्दुमा उक्लियो भने २६३४ को न्यून बिन्दुसम्म आयो ।

    कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार १२ अर्ब ७५ करोडको कारोबार भएको थियो । सोमबार ११ अर्ब ७१ अर्बको कारोबार भयो भने मंगलबार ८ अर्ब ८२ करोडमा झर्‍यो ।

    बुधबार ८ अर्ब ८५ करोडको कारोबार भएको थियो भने हिजो, बिहीबार बढेर ९ अर्ब ९५ लाखको कारोबार भयो ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP