logo

  • २५ कार्तिक २०८२, सोमबार | Mon, 10 Nov 2025
  • Dark Mode

          Subscribe

    एचपिभी विरुद्धको खोप लगाएका बालिकाहरूसँग प्रधानमन्त्री

    एचपिभी विरुद्धको खोप लगाएका बालिकाहरूसँग प्रधानमन्त्री

    काठमाडौं । मङ्गलबारबाट देशभर पाठेघरको मुखको क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस  एचपिभीविरुद्धको खोप अभियान सुरु भएको छ।

    खोप अभियानमा कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका बालिकालाई खोप दिइएको हो।

    स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारबाट सुरु भएको खोप अभियान फागुन ५ गतेसम्म देशभर सञ्चालन हुनेछ। देशभरका १९ हजार विद्यालय र आठ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन हुँदैछ।

    यो नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध सञ्चालन गर्न लागेको सबैभन्दा ठुलो अभियान हो। देशभरका करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य सरकारको छ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP