logo

  • २७ फाल्गुन २०८२, बुधबार | Wed, 11 Mar 2026
  • Dark Mode

          Subscribe

    ऐरावतीमा वडा स्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु

    ऐरावतीमा वडा स्तरबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु

    प्युठान ।
    ऐरावती गाउँपालिकामा वडा स्तरबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले ऐरावती गाउँपालिकाको समन्वयमा परिचयपत्र वितरण कार्य सुरु गरेको हो । आज ऐरावती गाउँपालिकाका वडा नं १ र २ मा गरी ३१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्मा, ऐरावती गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, प्युठान जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ईश्वर थापा, जनप्रतिनीधि, कर्मचारी लगाएतको उपस्थितीमा परिचय पत्र वितरण गरिएको हो ।

    सेवा प्रवाहलाई छिटो,छरितो बनाउन परिचयपत्र वितरण कार्यको सुरुवात ऐरावती गाउँपालिकाबाट गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माले बताउनुभयो । भौगोलिक अवस्थितीलाई ध्यानमा राखी यो कार्यको सुरुवात गरेका हौँ, शर्माले भन्नुभयो, यसले गर्दा समय र पैसाको बचत हुने विश्वास लिएको छु । पालिकाका अन्य स्थानीय तहमा पनि स्थानीय तहसंग समन्वय गरेर यो कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ ।

    ऐरावती गाउँपालिकामा शुक्रवार वडा नं ३ र ४, त्यस्तै शनिवार ५ र ६ न वडामा परिचयपत्र वितरण गरिने कार्यतालिका रहेको छ । वडा स्तरमा पुगेर परिचयपत्र वितरण गर्दा सेवाग्राहीहरुले खुसी समेत व्यक्त गरेका छन् ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP