logo

  • २० फाल्गुन २०८२, बुधबार | Wed, 04 Mar 2026
  • Dark Mode

          Subscribe

    यस्ताे छ शनिबार सात प्रदेशको मौसम

    यस्ताे छ शनिबार सात प्रदेशको मौसम

    काठमाडौं । आज पनि देशका केही भू-भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा आंशिकदेखि सामान्य बदली भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा मौसम बदलीको सम्भावना रहेको छ । अन्य भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    आज तराईं र उपत्यकाका भू-भागमा भने हुस्सु र कुहिरो लागेको छ ।

    आज राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    केही ठाउँमा हिमपात हुने र तराईमा हुस्सु/कुहिरोले जनजीवन प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रससमेत गरेको छ ।



    गाउँ सहर गाउँ सहर




    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP